कपिलवस्त । कपिलवस्तु जिल्लाबाट सरुवा भई जान लागेका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सदरमुकाम तौलिहवामा नागरिक सम्मान गरिएको छ । मधेश मानव अधिकार गृह र कोभिड विरुद्धको साझा प्रयास अभियानले जिल्लामा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसंग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सम्मान गरिएको हो ।
मधेश मानव अधिकार गृहका अध्यक्ष एवं कोभिड विरुद्धको साझा प्रयास अभियानका संयोजक रवि ठाकुरले प्रहरी उपरीक्षक अधिकारीलाई सम्मानपत्र प्रदान गरेका हुन् । सो अवसरमा साझा प्रयास अभियानका सचिव राजेश ज्ञवाली, नागरिक अगुवा राम दयाल ठाकुर लगायतले प्रहरी उपरीक्षक अधिकारीको एक वर्षे कार्यकालमा नेपाल प्रहरीका तर्फबाट जिल्लामा भए गरेको उत्कृष्ट कामको प्रंशसा गरेका थिए ।
सम्मान ग्रहण गर्दै प्रहरी उपरीक्षक अधिकारीले आफु र आफ्ना मातहतका प्रहरी टोलीले जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कामय राख्न जिल्लाका सवै राजनैतिक दल, नागरिक समाज, जिल्लावासीबाट पुर्ण सहयोग पाएको बताए । प्रहरी अधिकृतहरुको सरुवा एक नियमित प्रक्रिया भएका कारणले आफ्नो समय पुरा भएका कारण आफु जान लागेको र जिल्लामा अब आउने प्रहरी उपरीक्षक दान बहादुर कार्की पनि योग्य, विद्धान र उत्कृष्ट प्रहरी अधिकारी रहेको बताए ।
नागरिक सम्मान कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, निर्माण व्यवसायी संघ लुम्विनी प्रदेशका उपमहासचिव दिनेश हमाल, उद्योगी सन्दीप गुप्ता, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी, गैसस महासंघका जिल्ला उपाध्यक्ष जय प्रकाश पाण्डेय महिला अधिकारकर्मी माया ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।