कपिलवस्तु । जिल्लामा जारी गरिएको निषेधाज्ञाको प्रहरी संरक्षणमै चरम उल्घंन गरिएको छ । निषेधाज्ञा अवधिमा जिल्ला सदरमुकाम तौलिहवामा जसरी प्रहरी प्रशासनले कडाईका साथ पालना गराएको छ । तर त्यस्तो अवस्था गोरुसिंगे बजार क्षेत्रमा देखिएको छैन ।
ईलाका प्रहरी कार्यालयको करीब १० मिटरमै रहेका होटल रेष्टुरेन्टहरु दिनभर र राती समेत खुला रहन्छन् । यी होटल तथा रेष्टुरेन्टहरुर खुला भए पछि गोरुसिंगे बजारका अन्य सवै होटल रेष्टुरेन्टहरु खुला छन् ।
सदरमुकाम तौलिहवा क्षेत्रमा रेष्टुरेन्ट तथा अन्य संचालन गरेको भन्दै दिनहुं जसो प्रहरीले आफ्नो गस्ती तथा निगरानी बढाएको छ । तर गोरुसिंगेमा भने यस्तो कुनै गस्ती तथा निगरानी गरेको देखिएको छैन । यसरी हेर्दा कोभिड विरुद्धको निषेधाज्ञा पालना गराउन स्थानीय प्रशासन केवल सदरमुकाम केन्द्रित भएको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालयले मिति अषाढ १४ गते जारी गरेको निषेधाज्ञाको गर्न नपाईने वा निषेध गरिएको सेवाहरुको बुदा नं. ३ मा रेष्टुरेन्ट विहान ९ बजे देखि ६ बजे सम्म टेक अवे र होम डेलिभरी मात्र सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । तर ईलाका प्रहरी कार्यालय नजिकैका होटल रेष्टुरेन्टहरु निर्वाध रुपमा संचालन भई रहंदा समेत ईलाका प्रहरी कार्यालयका प्रहरीहरु मुकदर्शक बनेर बसेका छन् ।
स्थानीय प्रशासनको यस्तो विभेदपूर्ण कदम प्रति सदरमुकाम तौलिहवा क्षेत्रका होटल तथा रेष्टुरेन्ट व्यसायीहरुले विरोध जनाएका छन् । शक्तिका आडमा कतै दिन रात रेष्टुरेन्ट संचालन हुने कतै भने लक डाउन भन्दै प्रहरी बल प्रयोग गरी रेष्टुरेन्ट बन्द गराउंदै हिड्ने स्थानीय प्रशासनको कार्य प्रति सदरमुकाम तौलिहवा क्षेत्रका होटल व्यवसायीहरु आक्रोशित बनेका छन् ।